बागमती प्रदेशका नवनिर्वाचित सभामुख पाठकले लिए शपथ

काठमाडौं । बागमती प्रदेशका नवनिर्वाचित सभामुख भुवनकुमार पाठकले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

शुक्रबार (आज) प्रदेशसभा बैठकबाट सभामुख पदमा ६२ जना सांसदको हस्ताक्षरसहित निर्वाचित हुनुभएको थियो । सभामुख पाठकलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराउनुभएको हो । सभामुख पाठकले आज नै पदभार ग्रहण गर्नुहुने छ भने आज दिउँसो उहाँको अध्यक्षतामा प्रदेश सभाको बैठक सञ्चालन हुनेछ ।

उक्त बैठकले प्रदेशसभाको उपसभामुखको निर्वाचन मिति तथा प्रक्रिया तोक्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय