काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।
प्रदेश १ को प्रदेश सभामा कार्कीको पक्षमा ५९ मत र विपक्षमा ३२ मत खसेको थियो । नेपाली कांग्रेसका एक जना सांसद बैठकमा अनुपस्थित रहे ।
प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री कार्कीलाई आइतबार साँझ मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।
उहाँलाई प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थन रहेको थियो ।