अमेरिकी राष्ट्रपति बाइडनमाथि छानबिन हुने

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडनमाथि छानबिन हुने भएको छ ।

आफ्नो निवासमा गोप्य सरकारी दस्ताबेजहरू फेला परेपछि उहाँमाथि त्यसबारे छानबिन हुने भएको हो । महान्यायाधिवक्ता मेरिक गार्ल्यान्डले त्यसबारे छानबिन गर्न विशेष अधिकारी नियुत्त, गर्नुभएको छ ।

पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालमा न्याय मन्त्रालयमा काम गरेका रोबर्ट हुरको नेतृत्वमा अनुसन्धान टोली बनाइएको हो ।

बाइडनको निवास र यसअघि उपराष्ट्रपतिको कार्यकाल सकिएपछि उहाँले प्रयोग गरेको कार्यालयमा सरकारी दस्ताबेजहरू भेटिएका थिए । आफैमाथि हुन थालेको अनुसन्धानलाई बाइडनले पूर्ण रुपमा सहयोग गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय