काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
बुधबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका यादवले आज मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथ लिनुभएको हो । उहाँसँगै अन्य तीन मन्त्रीले पनि सपथ लिएका छन् ।
जनमतका वसन्त कुशवाहा, एमालेका सरोज यादव र जसपाका संजय यादवलाई पनि आजै सपथ खुवार्ईएको हो । सपथ लिएपनि मन्त्रीहरूको विभाग भने अझै टुङ्गो लगेको छैन । मधेस प्रदेशमा १० मन्त्रालय छन् ।
प्रदेशमा जसपा र जनमतले आलोपालो नेतृत्व गर्ने सहमति गरेका छन् ।