मैले पाएको विश्वासलाई गौरव र चुनौती दुवैरुपमा लिएको छु : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको रुपमा आफूले पाएको विश्वासलाई गौरव र चुनौती दुवैरुपमा लिएको बताउनुभएको छ ।

आज कम्युनिष्ट नेता भुवनप्रसाद श्रेष्ठको जीवन दस्तावेज कम्युनिष्ट आन्दोलनका प्रेरक ‘भुवन दाइ’ पुस्तक विमोचन गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकको ४४ औँ प्रधानमन्त्रीको रुपमा प्रतिनिधिसभामा आफूलाई असाधारण विश्वास प्राप्त भएको बताउदै यस्तो उल्लेख गर्नुभएको हो ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ४६ वर्षपछि आफू गोरखाको जनप्रतिनिधिको रुपमा प्रधानमन्त्री बनेको पनि बताउनुभएको थियो ।

उहाँले भन्नुभयो ‘यसपटक म प्रधानमन्त्री त भएँ । तर विश्वासको मत लिँदा यस्तो असाधारण परिस्थिति बन्यो कि मैले संसद्मा असाधारण विश्वास पाएको छु, मैले त राष्ट्रिय सहमतिको सरकारको प्रधानमन्त्रीको रुपमा आफूलाई अनुभूति गरेको छु। यसलाई थप जिम्मेवारी, गौरव र चुनौतीपूर्ण अवसरको रुपमा बुझेको छु ।’उहाँले यो अवसरलाई थप जिम्मेवारीका रुपमा वुझेको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय