गण्डकी प्रदेशको सभामुखमा माओवादीका धिताल निर्वाचित

काठमाडौं । गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित हुनुभएको छ । शनिबार९आज० बसेको प्रदेशसभा बैठकमा धिताल ३२ संसद्ले मतसहित सभामुखमा निर्वाचित हुनुभएको हो ।

सभामा ५८ संसद् उपस्थित थिए । एमालेका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सभा सञ्चालन गर्नुभएको थियो ।

धिताललाई स्वतन्त्र सांसद दीपक मनाङेले पनि मतदान गरेपछि ३२ संसद्को मत सहित सभामुखमा निर्वाचित हुनुभएको हो । बैठकको सुरूमै सांसद फणीन्द्र देवकोटाले धिताललाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए भने अर्का सांसद रोशन गाह्रा मगरले सो प्रस्तावमा समर्थन गरेका थिए ।

सभामुखमा कांग्रेसबाट सरस्वती अर्याल तिवारीको उम्मेदवारी दिनुभएको थियो । तर, उहाँको उम्मेदवारमाथि मत विभाजन हुनै परेन । धिताललाई एमालेका २२, माओवादीका ८, राप्रपाका दुई र एक स्वतन्त्र सांसद मनाङेले मतदान गर्नुभएको हो । हिजो मुख्यमन्त्री खगराज अधिकारीले ३१ सांसदको विश्वासको मत पाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय