काठमाडौं । कर्णाली प्रदेश सभामुखका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सभामुखका लागि नेकपा एमालेका नन्दा गुरुङ र नेपाली काँग्रेसका खड्ग पोखरेलको उम्मेदवारी दर्ता गराउनुभएको हो ।
आज बसेको एमाले संसदीय दलको बैठकले सभामुखमा गुरुङलाई उठाउने निर्णय गरेको हो । प्रदेश अध्यक्ष विनोदकुमार शाहले सभामुखमा गुरुङलाई उठाउने निर्णय भएको जानकारी दिनुभयो ।
काँग्रेसका पोखरेलले आज प्रदेशसभामा पुगेर सभामुख पदका लागि उम्मेदवारी दिनुभएको हो । प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले बिहान करिब ११ बजे कांग्रेसका नेता पोखरेलले उम्मेदवारी दर्ता गराएको जानकारी दिनुभयो । सभामुखको निर्वाचन भायल हुँदैछ ।