चीन । चीनमा कोरोनाका कारण एक महिनामा झण्डै ६० हजार मानिसको मृत्यु भएको छ ।
गत डिसेम्बर ८ देखि जनवरी १२ तारिखसम्म ५९ हजार ९ सय ३८ जनाको कोरोनासँग सम्बन्धीत समस्याका कारण मृत्यु भएको चीनको स्वास्थ्य अधिकारीलाई उदृत गर्दै समाचार संस्था सिन्हुवाले जनाएको छ ।
राष्ट्रिय स्वास्थ्य आयोगको मेडिकल प्रशासनिक ब्यूरोका प्रमुख च्याओ याखोइका अनुसार कोरोनाकै कारण ५ हजार ५ सय ३ र पहिलेदेखि नै दीर्घरोग भएका ५४ हजार ४ सय ३५ जनाको कोरोना सङ्क्रमणपछि मृत्यु भएको हो । यो अवधिमा मृत्यु हुनेमा सबैभन्दा धेरै वृद्धवृद्धा र दीर्घरोगी रहेका खबरमा उल्लेख छ ।