नेपालमा विदेशी मुद्रा सञ्चितिमा सुधार

काठमाडौं । नेपालमा विदेशी मुद्रा सञ्चितिमा सुधार हुँदै गएको छ । नेपाल राष्ट्र बैँकका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा विदेशी मुद्रा सञ्चिति बढ्दै गएको हो ।

रेमिट्यान्समा भएको वृद्धि र आयात घटेसँगै व्यापार घाटामा भएको सङ्कुचनले विदेशी मुद्रा सञ्चितिमा सुधार हुँदै गएको राष्ट्र बैँकले जनाएको छ ।

राष्ट्र बैँकका प्रवक्ता डा. गुणाकर भट्टले आयातमा नियन्त्रण गर्ने नीतिले बाह्य क्षेत्रमा सुधार भएको बताउनुभयो । उहाँका अनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति मङ्सिर मसान्तमा आउँदा ६ दशमलव ३ प्रतिशतले बढेर १२ खर्ब ९२ अर्ब ५६ करोड पुगेको छ ।

आयातमा भएको सङ्कुचन र विदेशी विनियम सञ्चितिमा सुधार हुँदै जाँदा आयात पर्याप्तता सुचकमा पनि सुधार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय