२६ बर्षमा प्रवेश गर्यो न्याभ, यसरी मनाइयो बार्षिकोत्सव

मेलवर्न । नेपाली संगठन अष्ट्रेलिया (न्याभ)ले २६ औं बार्षिकोत्सब मनाएको छ ।

आइतवार प्रेस्टनस्थित टिडब्लू ब्ल्याक पार्कमा १९ औं न्याभ कपको उद्घाटन समारोहमा न्याभले आफ्नो २६ औ बार्षिकोत्सब मनाएको हो ।

संस्थाका वर्तमान कार्यसमितिका पदाधिकारी, पूर्व पदाधिकारीहरु, ब्रोडमिडोजबाट निर्वाचित प्रदेश सांसद क्याथलिन मिथ्यो वर्डसहितको विशेष उपस्थितीमा न्याभले आफ्नो बार्षिकोत्सब मनाएको हो । कार्यक्रममा केक काटेर बार्षिकोत्सब समारोह मनाइएको थियो ।

कार्यक्रममा न्याभका संस्थापक अध्यक्ष डा. राजु अधिकारी, त्यस्तै पूर्व अध्यक्षहरु डा. अनुपम पोखरेल, रन्जन वैद्य, तारा गैरे, बम योन्जन लगायतले उपस्थित भएर शुभकामना दिएका थिए ।

यो पनि पढौंः शुरू भयो १८ औं न्याभ कपः २ महिनासम्म चल्ने

बार्षिकोत्सब कार्यक्रममा न्याभका अध्यक्ष प्रेम राज उप्रेतीको स्वास्थ्यको कारण उपस्थिती नहुँदा उपाध्यक्ष कृष्ण चालिसेले अध्यक्षता गरेका थिए ।

कार्यक्रममा बोल्दै उनले न्याभले लामो समयदेखि यहाँ रहेका नेपाली समुदायको हकहित, उन्नती, कल्याणको निम्ती काम गर्दै आइरहेको भन्द्यै आगामी दिनमा बालचौतारी व्यवस्थापन, पाठयक्रम निर्माण, विद्यार्थीहरुको निम्ती सहायता, नियमित रचनात्मक सांस्कृतिक कार्यक्रमहरुमा जोड दिइने बताए ।

त्यस्तै न्याभ दिवसको संयोजक तथा कोषाध्यक्ष डा. यकेन्द्र तिमिल्सिनाले आगामी दिनमा न्याभले अझै नेपालीहरुवीचको सम्बन्ध सुदृढिकरण गर्ने, न्याभको साधारण सदस्य र आजीवन सदस्यतामा अझै ध्यान दिनेमा कुरा बताए । उनले यहाँ रहेका सबै नेपाली बासिन्दाहरू, नयाँ आप्रवासीहरू, विद्यार्थीहरू र आगन्तुकहरूको लागि सम्पर्क बिन्दुको रूपमा न्याभले काम गरिरहेको बताए ।

न्याभले देश विदेशमा रहेका नेपालीहरुलाई सक्दो सहयोग गर्ने, भिक्टोरियामा रहेका अन्य सामुदायिक संघहरूसँग सम्बन्ध प्रवर्द्धन र विकास गर्नु, र सांस्कृतिक सम्बन्ध र सद्भावना स्थापना गर्न, नेपाली, भाषा, कला संस्कृतिको संरक्षण तथा विस्तार गर्नु, नेपालीहरुवीच एकता कायम गर्नेगरी विभिन्न कार्यहरु गर्ने लगायतका स्थापना भएको न्याभले भिक्टोरियामा रहेको मानार्थ नेपाली महावाणिज्य दूतावासको कार्यालयसँग नजिकको सहकार्यमा काम गर्दै आइरहेको छ ।

यसपटक न्याभ दिवस मनाउँदै गर्दा न्याभले १८ औं न्याभ क्रिकेट प्रतियोगिता समेत शुरूवात गरेको छ । बार्षिकोत्सबको अवसरमा न्याभले एक अन्तरक्रिर्यात्मक कार्यक्रम समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर