शुरू भयो १८ औं न्याभ कपः २ महिनासम्म चल्ने

मेलवर्न । नेपाली संगठन अष्ट्रेलियाको आयोजनामा नेपाली समुदायको क्रिकेटको ठूलो प्रतियोगिता १८ औं न्याभ कप आइतवारबाट शुरू भएको छ ।

खेलको कपको मुख्य प्रायोजक म्याक्सीम्याक्स एजुकेशन एन्ड माइग्रेसनका निर्देशक शंकर धरेलले बलिङ्ग तथा ब्रोडमिडोजबाट निर्वाचित प्रदेश सांसद क्याथलिन मिथ्यो वर्डले ब्याटिङ्ग गरेर उद्घाटन गरेका थिए ।

न्याभ कपको पहिलो दिन चार खेलहरु भए । एभरेष्ट लायन्स क्रिकेट क्लब र ब्राइटन क्रिकेट क्लववीच भएको प्रतिस्पर्धामा ब्राइटनले जित्यो । त्यस्तै हिमालयन क्लबलाई पहिलो पटक गेम खेलेको काठमाडौं क्यापिटलले जित्यो । उक्त समूहले पहिलो पटक यसरी गेम खेलेको थियो । रोयल राइनोज र सगरमाथा एक्सपर्टवीच भएको खेलमा रोयल राइनोजले जित हासिल गर्यो भने ग्रेस गोर्खाली र माभेन क्रिकेट क्लवबीच भएको खेलमा माभेनले जित्न सफल भएको छ ।

यो पनि पढौंः २६ बर्षमा प्रवेश गर्यो न्याभ, यसरी मनाइयो बार्षिकोत्सव

दोस्रो चरणको खेल अर्काे आइतवार हुने खेलका टेक्निकल हेड सन्तोष वास्ताकोटीले जानकारी दिए । खेल प्रेस्टनस्थित टिडब्लू ब्ल्याक पार्कमा भइरहेको छ ।

उद्घाटन समारोहमा संस्थाका उपाध्यक्ष कृष्ण चालिसेले अध्यक्षता गरेका थिए भने ब्रोडमिडोजबाट निर्वाचित प्रदेश सांसद क्याथलिन मिथ्यो वर्डको प्रमुख आतिथ्यता रहेको थियो । न्याभका अध्यक्ष प्रेम राज उप्रेती भने आफ्नो स्वास्थ्य अवस्थाको कारण कार्यक्रममा उपस्थित हुन असमर्थ रहेका थिए ।

कार्यक्रममा न्याभका संस्थापक अध्यक्ष डा. राजु अधिकारी, त्यस्तै पूर्व अध्यक्षहरु डा. अनुपम पोखरेल, रन्जन वैद्य, तारा गैरे, बम योन्जन,  न्याभ सल्लाहकार रञ्जन मास्के, निरन्जन गौली, भिएनसिएका अध्यक्ष सुजित बस्नेत, गुल्मी समाज भिक्टोरियाका अध्यक्ष प्रिया गौतम, सुदूरपश्चित नेपाली समाजका अध्यक्ष्ँ नरेश रावल, एनआरएनए अष्ट्रेलियाको तर्फबाट महादेव धानुक, मुख्य प्रायोजक म्याक्सीम्याक एजुकेशन एन्ड माइग्रेसनका निर्देशक शंकर धरेल, अपरेशनल म्यानेजर विवेक श्रेष्ठ, एएनएमसीको तर्फबाट दीपक आचार्य, एका अध्यक्ष रामचन्द पौडेल, ल्याण्डभाइजर्सबाट रोशन सत्याल लगायतको उपस्थिती रहेको थियो । उदघाटन सत्रको कार्यक्रम सञ्चालन न्याभका सहसचिव आलोक पौडेलले गरेका थिए ।

१२ नेपाली खेलकूद क्लबका टिमहरुको सहभागिता रहने उक्त न्याभ कप करिब दुई महिनासम्म जारी रहने छ । आइतवार ४ खेल भएका छन् भने हरेक आइतवार अन्य खेलहरु जारी रहने खेल संयोजक दीप चन्दले बताए ।

न्याभ कपको टिम व्यवस्थापन, खेल व्यवस्थापन सहजीकरणको काम न्याभका सचिव माधव खरेलले गरिरहेका छन् ।

न्याभ कप म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेजको मुख्य प्रायोजन तथा ब्राइटन कलेजको सहप्रायोजनमा यस क्षेत्रमा नेपाली समुदायबाट आयोजना भएको हालसम्मकै ठूलो खेलकूद प्रतियोगिता हो ।

प्रतियोगितामा एक्सपर्ट सगरमाथा ब्लुज ए, सगरमाथा एक्सपर्ट बी, हिमालयन क्रिकेट क्लब, सुदूरपश्चिम हन्टर, एभरेष्ट लायन्स, काठमाडौं क्यापिटल, रोयल राइनोज क्रिकेट क्लब, ग्रेस गोर्खाली क्रिकेट क्लब, माभेन क्रिकेट क्लब, गुल्मी टाइगर्स, ब्राइटन एभरेष्ट क्लब र नारे किंग्स क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रथम हुने समूहले ३ हजार डलरको प्रथम पुरस्कार पाउने छ भने द्वितीय हुने समूहले १ हजार प्राप्त गर्नेछ । टि ट्वान्टी लिग अनुसार हुन उक्त कपको विजेताले ट्रफीसहित नगद पुरस्कार पाउने भएका हुन । प्रतियोगिताको फाइनल १९ मार्चमा हुने छ भने सो अवसरमा नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्का सहभागि हुनेछन् ।

यो पनि पढौंः २६ बर्षमा प्रवेश गर्यो न्याभ, यसरी मनाइयो बार्षिकोत्सव

प्रतिक्रिया

सम्बन्धित खवर