काठमाडौं । कर्णाली प्रदेश सभाको सभामुखमा नन्दा गुरूङ निर्वाचित हुनुभएको छ ।
नेकपा एमालेबाट कर्णाली प्रदेश सभा सदस्य गुरूङ २४ मतसहित निर्वाचित हुुनुभएको हो । प्रदेश सभाको सभामुख पदको लागि नेपाली कांग्रेसबाट खडक पोखरेलले पनिउम्मेवदारी दिनुभएको थियो ।
उहाले १४ मत प्राप्त गर्नुभयो । आज भएको निर्वाचनमा कुल सदस्यमध्ये ३८ जना मतदानमा सहभागी भएका थिए। गुरूङलाई नेकपा माओवादीका १३, एमालेका १०, राप्रपाका १ जना सांसदले मत दिएका छन् भने कांग्रेसका पोखरेलको पक्षमा नेपाली कांग्रेसका १४ मध्ये १३ जना सांसदले भोट दिएका छन् भने नेकपा एकीकृत समाजवादीका सांसद कल्याणी खड्काले पनि काँग्रेसका पोख्रेललाई मत दिनुभएको छ ।

