अफगानिस्तानमा पूर्व सांसदको हत्या

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा एक पूर्व अफगान महिला सांसद मुर्सल नाबिजादा र उहाँका एक अङ्गरक्षकको हत्या भएको छ ।

नाबिजादाको आफ्नै घरमा गोली हानी हत्या भएको हो । नाबिजादा अगस्ट २०२१ मा तालिवानद्वारा पदच्युत गरिएको संयुक्त राज्य अमेरिका समर्थित सरकारको संसद सदस्य थिए ।

यसैबीच आफ्नो समूहबारे दुष्प्रचार गरेको भन्दै तालिबानले विदेशबाट सञ्चालित अफगान सञ्चार माध्यममाथि कडाई गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय