सेयर बजार आज बन्द हुने, अब भोलि मात्र खुल्ने

काठमाडौँ । सेयर बजार आज सोमबार बन्द हुने भएको छ । सरकारले आइतबार पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।

आइतबार माघ १ गते पनि सरकारले माघे संक्रान्तिको अवसरम सार्वजनिक विदा दिएको थियो । यसअघि बिहीबार नेप्से सूचक ४१.०४ अंकले घटेर २१४९.३९ विन्दुमा अडिएको छ । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय