काठमाडौं । हिजो आइतबार पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको ब्ल्याक बक्स भेटिएको छ। प्रवक्ता जगन्नाथ निरौलाले जहाजको ब्ल्याक बक्स भेटिएको पुुष्टी गरे। उनले हिजोदेखि खोजि कार्य जारी रहेपनि २४ घन्टापछि मात्रै भेटिएको र उक्त ब्ल्याक बक्सलाई काठमाडौं ल्याउने तयारी भइरहेको बताए।
ब्ल्याक बक्समा जहाज दुर्घटना हुनुअघि पाइलटले आपसमा गरेको कुराकानी रेकर्ड भएको हुन्छ। जसले दुर्घटनाको कारण पत्ता लगाउन सहजीकरण गर्छ।
बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ। भेटिएका शवहरु गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ। तीमध्यये २६ जनाको मात्र पहिचान खुलेको छ। तर, शवको पोष्टमार्टम भने अहिलेसम्म पनि हुन सकेको छैन।