पोखरा जहाज दुर्घटनामा ३८ जनाको पहिचान खुल्यो

काठमाडौं । हिजो आइतबार पोखरामा भएको यति एअरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकामध्ये ३८ जनाको पहिचान खुलेको छ ।

विमानमा रहेका ७२ जनामध्ये ६८ जनाको शव भेटिएको छ । अरु चार जनाको अवस्था अझै खुलेको छैन । उनीहरुको खोजी भइरहेको कास्कीका प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले बताउनुभयो । उनीहरुको शव आज आफन्तलाई जिम्मा लगाउने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय