काठमाडौं । सरकारका नयाँ मन्त्रीहरुले भोली सपथग्रहण गर्ने भएका छन् । आज बस्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रिपरिषद् विस्तारलाई पूर्णता दिने र भोलि नयाँ मन्त्रीहरुलाई सपथ गराईने भएको हो ।
बैठक बेलुकी ५ बजे बालुवाटारमा बस्दै छ। त्यसलगत्तै सत्तारुढ दलहरूले नयाँ मन्त्रीको टुंगो लगाउने छन्।भोली बेलुकीसम्म मन्त्रिपरिषद् विस्तारलाई अन्तिम रुप दिने तयारी छ।
आज शोक विदा भएकाले मन्त्री विस्तार भोलिसम्मलाई सारिएको बालुवाटार स्रोतको दाबी छ।आज बिहान करिब ५ घण्टा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो।
सो क्रममा नेपाली कांग्रेसले विश्वासको मत दिएपछि सत्ता साझेदार दलको रणनीति, मन्त्रिपरिषद् विस्तार, सभामुख निर्वाचनलगायतका विषयमा छलफल भएको छ।

