प्रधानमन्त्री प्रचण्डको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । दिउँसो चार बजे सर्वदलीय बैठक बस्न लागेको हो । मन्त्रिपरिषद् विस्तारपछि सर्वदलीय बैठक बस्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिएका दलहरूसँग छलफल गर्न लाग्नुभएको हो । बैठकमा सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपति पदको निर्वाचनका बारेमा पनि कुराकानी हुने नेताहरूको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय