एमालेबाट को-को बन्दैछन् नयाँ मन्त्री ?

काठमाडौं। नेकपा एमाललेले ८ मन्त्री र २ राज्यमन्त्री पाउने भएको छ। सोमबार बालुवाटारमा भएको सत्ता साझेदार दलबीचको छलफलमा उक्त सहमति भएको हो।

एमालेले परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि व्यवस्था, उद्योग र महिला बालबालिका मन्त्रालय पाउने सम्भावना छ। यसअघि एमालेबाट सरकारको नेतृत्व गर्दै विष्णु पौडेलले उपप्रधान तथा अर्थमन्त्री बनेका छन्।

नेकपा एमालेबाट आज थपिने मन्त्रीहरूमा पर्वतका पदम गिरी, सुनसरीकी भगवती चौधरी, सर्लाहीका हरि उप्रेती र कपिलवस्तुका बलराम अधिकारी रहेका छन्। एमाले उच्च स्रोतका अनुसार दुई राज्यमन्त्रीका रूपमा रौतहटका किरण साह र पर्साका राजकुमार गुप्तालाई शपथ खुवाउने तयारी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय