काठमाडौं। नवनियुक्त परराष्ट्रमन्त्री विमला राई पौड्यालले पदभार ग्रहण गरेकी छन्। मंगलबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहणलगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन्।
पदभार ग्रहण गर्दै राईले नेपाल र श्रीलंकाबीच सम्झौता भएको एक तालिमको अवधिलाई थप गर्ने पहिलो निर्णय गरेकी छन्। राई एमालेबाट मन्त्री बनेकी हुन्। उनी राष्ट्रिय सभा सदस्य हुन्।

