काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाइ सरकारको प्रवक्ताको जिम्मेवारी दिईएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई प्रवक्ता तोकेको हो ।
तर उनको स्वास्थ्य समस्या भएकाले आजको बैठकको निर्णय भने उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सुनाउनुभएको थियो । सञ्चारमन्त्री नै सरकारको प्रवक्ता हुने प्रचलन छ । मन्त्री शर्मा हिजो मात्र मन्त्री नियुक्त भएकी थिइन् ।

