एमालेका घिमिरे र काँग्रेसका न्यौपानेको उम्मेद्वारी दर्ता

काठमाडौं । सभामुखको लागि दुई जनाको उम्मेद्वारी परेको छ । सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एमालेका देवराज घिमिरे र नेपाली काँग्रेसको तर्फबाट ईश्वरी न्यौपानेले सभामुखमा उम्मेद्वारी दर्ता गराएका हुन् ।

घिमिरेको प्रस्तावकमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन हुन् ।

यस्तै न्यौपाने, काँग्रेस महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माको प्रस्ताव र काँग्रेस मुख्य सचेतक रमेश लेखक र नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाको समर्थनमा सभामुखको उम्मेदवार बनेका हुन् । सभामुख चयनका लागि भोलि बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय