इटालियन सुपर कपको उपाधि इन्टर मिलानलाई

काठमाडौं । इन्टर मिलानले इटालियन सुपर कपको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा एसी मिलानलाई ३–० ले हराउँदै इन्टरले उपाधि जितेको हो ।

इन्टरलाई जित दिलाउन फेडेरिको डिमार्को, इडेन जेको र मार्टिनेजले एक एक गोल गरे ।

खेलको १० औं मिनेटमा निकोलो बरेलाको पासमा फेडेरिकोले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।

एलेजेन्ड्रो वास्टोनीको पासमा इडेन जेकोले २१ औं मिनेटमा गोल गर्दै इन्टरलाई २–० ले अघि बढाए । त्यसपछि ७७ औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई ३–० को जित दिलाए ।

योसँगै इन्टरले अहिलेसम्म सातपटक सुपर कपको उपाधि जितेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय