प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित

काठमाडौं । नेकपा (एमाले)का सांसद देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख हुनु भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा भएको मतदानमा सत्तारुढ दलका साझा उम्मेदवार घिमिरे १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित हुनु भएको हो ।

काँग्रेसको तर्फबाट उम्मेदवार रहनु भएकी ईश्वरीदेवी न्यौपानेले भने १०० मत प्राप्त गर्नु भएको थियो । हाल बहाल रहेको २६८ मध्य बहुमत प्राप्त गरी घिमिरे सभामुखमा निर्वाचित हुनु भएको सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले घोषणा गर्नु भयो ।

नवनिर्वाचित सभामुख यसअघि २०५६ सालमा राष्ट्रियसभाको सांसद हुनु भएको थियो । एमाले स्थायी कमिटीका सदस्य समेत रहनु भएका उहाँ झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय