उपसभामुखमा रास्वपाकी रानाद्वारा उम्मेदवारी दर्ता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद इन्दिरा राना मगरलले उपसभामुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ। सत्ता गठबन्धनका तर्फबाट रानाले आज प्रतिनिधि सभाको उपसभामुख पदका लागी उमेदवारी दर्ता गराउनुभएको हो ।

रानाले उपसभामुख पदको उमेदवारीमा रास्वपाकै सांसद सोविता गौतमले प्रस्तावक हुनुहुन्छ भने नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ,नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन समर्थक रहनुभएको छ ।

आज बिहान बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो। जसअनुसार रानाले सत्ता गठबन्धन दलको समर्थनमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय