काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आगामी जेठ १ गतेबाट सुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार ‘सी’ डिभिजन क्लबसँग छलफल गर्दै लिगको मिति तय गरेको हो । ‘सी’ लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ७ लाख र तेस्रो हुने टोलीले ४ लाख पाउने छन् ।
एन्फाले ‘सी’ डिभिजनका १४ क्लबलाई तयारी स्वरूप ११ लाख उपलब्ध गराउने छ ।
फेयर प्ले अवार्ड र सर्वोत्कृष्ट खेलाडीले ५० हजार पाउने छन् । सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले ३५ हजार पाउने छन् ।
हरेक खेलको विजेताले २० हजार पाउँदा खेल बराबरी भएको खण्डमा ७ हजार ५ सय पाउने छन् ।
प्लेयर अफ द म्याचले ५ हजार पाउने छन् ।