रसुवागढी–केरुङ नाका माघ २० गतेसम्म बन्द

काठमाडौं । रसुवागढी–केरुङ नाका माघ २० गतेसम्मका लागि बन्द भएको छ । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले चीनले नयाँ वर्षका लागि भनेर आगामी फेब्रवरी ३ सम्म नाका बन्द गरेको जानकारी दिनुभयो ।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार करिब एक महिना अवधिमा नेपालबाट ३९ कन्टेनर सामान चीन निर्यात भएको छ । नेपालबाट अहिलेसम्म करिब ६ करोड बराबरको ३९ कन्टेनर सामान चीनतर्फ गएको छ ।

चीनबाट भने दैनिक १४ कन्टेनर सामान नेपाल आउने गरेकोमा आजबाट त्यो पनि बन्द भएको उहाँले बताउनुभयो । रसुवागढी–केरुङ नाकाबाट हुने व्यापारमा पनि चीनले लामो समय रोक लगाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर