बुर्किना फासोमा भएको आक्रमणमा परि १८ जनाको मृत्यु

बुर्किना फासोमा भएको छुट्टाछुट्टै आक्रमणमा परि १८ जनाको मृत्यु भएको छ ।

विद्रोही जिहादी समूहले दुई ठाउँमा गरेको आक्रमणमा मृत्यु हुने मध्ये १६ जना सेनालाई सहयोग गर्ने सहयोगी छन् ।

देशको उत्तर र उत्तरपश्चिममा भएको आक्रमण जिहादीविरुद्ध सात वर्षसम्म चलेको लडाइँमा सेनालाई सहयोग गर्ने एक नागरिक बलमाथि भएको पछिल्लो आक्रमण रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बुर्किना फासो सन् २०१५ देखि अलकायदा र इस्लामिक स्टेट समूहसँग सम्बद्ध जिहादीहरूको नेतृत्वमा भएको विद्रोहसँग जुधिरहेको छ । द्वन्द्वका कारण दशौँ हजारको मृत्यु भएको छ भने करिब २० लाख मानिस विस्थापित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय