काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता प्रक्रिया अघि बढेको छ ।
दुई पार्टीका वार्ता टोलीबीच आज पहिलो बैठक बसेको हो । आजको बैठकले तीन महत्त्वपूर्ण विषयहरूमा सहमति भएको नेसपाका कार्यकारिणी सदस्य गंगा श्रेष्ठले जानकारी दिनुभयो ।
जसअनुसार एकता शीघ्र सम्पन्न गर्न आ–आफ्नो पार्टीमा ठोस प्रस्ताव गरी पेस गर्ने तथा दुवै पार्टीको विधान र प्रतिवेदन लगायत दस्ताबेज आदानप्रदान गर्ने सहमति भएको हो । त्यसै गरी वार्ता टोलीको अर्को बैठक माघ १० गते बस्ने पनि सहमति पनि भएको छ ।
गत आम निर्वाचनमा दुई पार्टीले एकै निर्वाचन चिन्हबाट चुनाव समेत लडेका थिए ।

