काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा लिभरपुल र चेल्सीले गोलरहित बराबरी खेलेका हुन् ।
खेलमा दुबै टोलीले थुप्रै अवसर खेर फालेका थिए । खेल गोलरहित बराबरीमा रोकिएपछि लिभरपुल र चेल्सीले मध्य तालिकाबाट आफुलाई माथि उकास्न सकेनन् ।
प्रिमियर लिगमा १९ खेलबाट २९ अंक जोडेको लिभरपुल आठौं स्थानमा छ भने २० खेलबाट २९ अंक जोडेको चेल्सी दशौं स्थानमा रहेको छ ।
अर्को खेलमा एस्टन भिल्लासँग १–० ले हारेपछि साउथह्याम्पटन तालिकाको पुछारमै अड्किएको छ । यस्तै, वेष्ट ह्याम युनाइटेडले एभर्टनलाई २–० ले हराउँदा क्रिष्टल प्यालेस र न्युकासल युनाइटेडले गोलरहित बराबरी खेलेका छन् ।
यसैगरी लेस्टर सिटीले ब्राइटनसँग २–२ गोलको बराबरी खेल्दा बर्नमाउथ र नटिङ्घम फरेष्टले १–१ गोलको बराबरीमा चित्त बुझाए ।