कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ : प्रदिप पौडेल

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले संविधान जोगाउन नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने बताएका छन्।

कांग्रेस नवलपरासीको सुनवल नगर कार्यसमितिले आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तक्रिया कार्यक्रममा प्रतिनिधिसभा सदस्यसमेत रहेका पौडेलले यस्तो बताएका हुन्।

उनले भने, ‘नेपालको संविधान जोगाउनका निम्ति नेपाली कांग्रेसले राष्ट्रपतिमा आफ्नो उम्मेदवार प्रस्तुत गर्छ। ‘संविधानको रक्षाका निम्ति राष्ट्रपतिका लागि हुने निर्वाचनका सम्पूर्ण मतदातालाई नेपाली कांग्रेसको पक्षमा मत दिन अनुरोध गर्छौं।’

संविधानको रक्षाका निम्ति राष्ट्रपतिका लागि हुने निर्वाचनका सम्पूर्ण मतदातालाई नेपाली कांग्रेसको पक्षमा मत दिन आग्रह समेत गरे।समन्वयकारी क्षमता भएको व्यक्ति कांग्रेसको विचार बोकेको व्यक्ति राष्ट्रपतिमा जान आवश्यक रहेको पौडेलको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय