काठमाडौं । नेपाली काँग्रेसले लुम्बिनी प्रदेशमा पार्टीबाट जितेका सांसदहरूलाई प्रशिक्षण दिने भएको छ । कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको पहिलो बैठकले यो निर्णय गरेको हो ।
बैठकले प्रदेश सांसद तथा स्थानीय तहका प्रमुख उपप्रमुखहरूदेखि युवा, तथा विद्यार्थीलाई प्रशिक्षण दिने निर्णय गरेको छ । पार्टीको सिद्धान्त, अनुशासन, राजनीतिक एवं सामाजिक विषयमा प्रशिक्षण दिने निर्णय भएको प्रदेश उपसभापति एवं प्रशिक्षण विभागका संयोजक भुवनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार युवा तथा विद्यार्थीलाई राजनीति तथा स्वरोजगारको प्रशिक्षण दिइने छ ।
बैठकमा प्रदेश सभापति अमरसिंह पुनले जनप्रनिधिलाई सुशासन र उनीहरूको क्षमता वृद्धिले पार्टी र राष्ट्रलाई थप लाभ हुने गरी स्थानीय तहसम्म प्रशिक्षण सञ्चालन गर्न आग्रह गर्नुभयो ।

