काठमाडौं । स्पेनिस लिग फुटबल खेलमा बार्सिलोना विजयी भएका छ। आइतबार राति भएकाे खेलमा लिग तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले गेटाफेलाई १–० ले पराजित गरेकाे हाे । बार्सिलोनाको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि पेड्रीले ३५ औं मिनेटमा गरेको गोल निर्णायक बनेकाे थियाे ।
आइतबार राति भएको अर्को खेलमा रियाल मड्रिडले एथ्लेटिक बिल्बाओलाई २–० ले पराजित गरेकाे हाे । एथ्लेटिक बिल्बाओलाई उसैको मैदानमा पराजित गर्नका लागि रियाल मड्रिडका करिम बेन्जमा र टोनी क्रुसले १–१ गोल गरेका थिए ।
आइतबार राति भएका खेलहरुपछि स्पेनिस लिग फुटबलको तालिकामा १७ खेलबाट ४४ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा रहेकाे छ । समान खेलबाट ४१ अंक जोडेको रियाल मड्रिड दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको रियाल सोसिडाडले १८ खेलबाट ३८ अंक जोडेको छ ।