फ्रेन्च कप फुटबलमा पीएसजीको फराकिलो जित

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कप फुटबलमा फराकिलो जित दर्ता गरेको छ । सोमबार राति पीएसजीले छैटौं श्रेणीको पाएस डी कासेलमाथि ७–० को फराकिलो जित दर्ता गरेको हो ।

पीएसजीको जितमा केलियन एमबाप्पे एक्लैले पाँच गोल गर्दा नेयमार र कार्लोस सोलरले १–१ गोल थपे ।

एमबाप्पेले खेलको २९ औं, ३४ औं, ४० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । त्यसपछि एमबाप्पेले ५६ औं र ७९ औं मिनेटमा थप दुई गोल गरेका थिए । यस्तै नेयमारले ३३ औं र कार्लोस सोलेरले ६४ औं मिनेटमा गोल गरेका थिए ।

एमबाप्पे पीएसजीको इतिहासमा एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।

जितसँगै पीएसजी प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब पीएसजीले क्वाटरफाइनलमा पुग्न मार्सेको सामना गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय