म्याच फिक्सिङ प्रकरणमा पक्राउ परेका खेलाडीविरुद्ध पाँच दिनको म्याद थप

काठमाडौं । म्याच फिक्सिङ प्रकरणमा पक्राउ परेका दुई खेलाडीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप भएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार राष्ट्रिय खेलकुद विकास ऐन अन्तर्गतको कसुरमा मंगलबार (आज) अदालतबाट ५ दिनको म्याद लिइएको हो ।

टी–ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’मा संलग्न रहेको आरोपमा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलम र नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका थिए ।

प्रारम्भिक अनुसन्धानबाट टी–ट्वान्टी लिग क्रिकेटको व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी सेभेन–३ स्पोर्टका सञ्चालक नै फिक्सिङमा संलग्न रहेको आशंका गरिएको छ । प्रहरीले अनुसन्धान थालेपछि सो कम्पनीका मुख्य सञ्चालक जतिन अहलुवालिया फरार भएका छन् ।

सोमबार (हिजो) आलम विराटनगरबाट र अन्सारी सप्तरीबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय