राज्यका संयन्त्रहरू विगतमा सत्ता सम्हालेका दलहरूले थिलथिलो पारेका छन् : गृहमन्त्री

काठमाडौं। गृहमन्त्री रवि लामिछानेले राज्यका संयन्त्रहरू विगतमा सत्ता सम्हालेका दलहरूले थिलथिलो पारेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख र उपसभामुखलाई बधाई दिँदै उनले यसअघि सत्ता सञ्चालन गर्ने दलहरूले राज्यका संयन्त्रलाई थिलथिलो बनाएर छाडेका कारण परिणाम ल्याउन केही समय लागेको बताए।

‘राज्यका संयन्त्रहरूलाई थिलथिलो बनाएर छोडिएको छ। काम गर्नेहरूलाई कानुनको पालना गर्नेभन्दा पनि आदेश पालना गराउने गरी यति निरीह बनाएर राखिएको छ,’ गृहमन्त्री लामिछानेले भने, ‘हामी नयाँले जिम्मेवारी सम्हाले पनि हामीमाथि त्यही कोणबाट प्रश्नहरू आउने रहेछन्। तर म कामको माध्यमबाट, परिणामको माध्यमबाट ती प्रश्नहरूको जवाफ दिन चाहन्छु।’

उनले राज्य संरचना र प्रणाली सुधारका लागि अन्य दलहरूको समेत सहयोग आवश्यक पर्ने बताए। उनले प्रणालीगत सुधारका लागि आफूहरू लागिरहेको बताए। गृह मन्त्रालयको ट्र्याक बिगारिएकाले केही समय लागेकाले परिणाम आउन केही दिन उनको भनाइ थियो। उनले आम नागरिकलाई केही जानकारी दिनका लागि केही खबरहरू भन्नुपर्ने अवस्था आउने भएकाले मन्त्रालयको कार्यलाई त्यसैगरी लिइदिन आग्रह गरेका छन्।

‘मैले सम्हालिरहेको गृह मन्त्रालय प्रणाली सुधार र मापदण्ड निर्माणमा निरन्तर लागिरहेको छ। यसले चाँडै परिणाम देखाउन सुरु गर्नेछ,’ लामिछानेले भने। उनले आफूले दह्रो गरी खुट्टा टेकेको उल्लेख गर्दै अरूलाई पनि दह्रो खुट्टा टेक्न आग्रह गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय