गुल्मी । स्वास्थ्य सेवाका न्यूनतम मापदण्ड पूरा गरी गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा तेस्रो भएको छ। गुल्मी अस्पतालले भौतिक संरचना अभाव भए पनि सेवा प्रवाहमा सुधार ल्याएको छ।
अस्पतालले आर्थिक वर्ष २०७९।०८० को न्यूनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मूल्याङ्कनमा ८९ प्रतिशत अंक पाएको छ। लुम्बिनी प्रदेशका १२ जिल्लाका अस्पतालमध्येबाट गुल्मी अस्पताल तेस्रो भएको हो।
अस्पतालका न्यूनतम सेवा मापदण्डबारे २ दिनसम्म बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुवास पाण्डे सहितको टोलीले मूल्यांकन गरेको थियो। मूल्यांकन गर्दा विगतमा भन्दा थप उपलब्धि पाइएको डा। पाण्डेले बताए।्

