न्युजिल्यान्डलाई हराउँदै भारत एकदिवसीय वरियताको शीर्षस्थानमा

एजेन्सी । तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा न्युजिल्यान्डलाई ९० रनले हराउँदै भारत आइसिसी वरियताको शीर्षस्थानमा उक्लिएको छ । भारतले तीन एक दिवसीय खेलको शृङ्खलामा क्लिनस्विप गरेको छ ।

जितको लागि ३ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४१.२ ओभरमा २ सय ९५ रनमा अल आउट भएको हो ।

न्युजिल्यान्डका ओपनर डेभन कन्वेले १ सय बलमा १२ चौका र ८ छक्कासहित १ सय ३८ रनको सानदार शतकीय इनिङ खेलेपनि त्यो जितका लागि पर्याप्त भएन । जितसँगै भारत न्युजिल्यान्डलाई पछि पार्दै विश्व एक दिवसीय वरियतामा शीर्ष स्थानमा उक्लिएको छ । भारतका लागि शार्दुल ठाकुर र कुलदीप यादवले तीन तीन विकेट लिए ।

युजभेन्द्र चहल दुई, हार्दिक पान्ड्या र उमरान मलिकको नामा एक एक विकेट रह्यो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ८५ रन बनाएको थियो । भारतका ओपनर शुभमन गिलले ७८ बलमा १३ चौका र ५ छक्कासहित १ सय १२ रनको सानदार शतकीय इनिङ खेल्दा, कप्तान रोहित शर्माको ८५ बलमा ९ चौका र ६ छक्कासहित १ सय १ बन्यो ।

न्युजिल्यान्डका ज्याकुफ डफीले १० ओभरमा १ सय रन खर्चेर ३ विकेट लिनुभयो । भारत पहिलो खेलमा १२ रन र दोस्रो खेलमा ८ विकेटले विजयी भएको थियो । भारत र न्युजिल्यान्डबीच अब तीन टी–ट्वान्टी अन्तराष्ट्रिय खेलको शृङ्खला हुनेछ । पहिलो टी–ट्वान्टी खेल शुक्रवार राँचीमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय