इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानको लज्जास्पद हार

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले लज्जास्पद हार बेहोरेको छ । मंगलबार राति भएको खेलमा मिलानले लाजियोसँग ४–० को हार बेहोरेको हो ।

खेलको चौंथो मिनेटमा सेर्जिग मिलिन्कोभिचले गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा माटिया जाकाग्नीले गोल गर्दै लाजियोलाई २–० को अग्रता दिलाए । ६७ औं मिनेटमा लुइस अल्बर्टोले गोल गर्दै लाजियोको अग्रता तेब्बर बनाए । त्यसपछि ७५ औं मिनेटमा फेलिपे एन्डरसनले गोल गर्दै लाजियोलाई ४–० को जित दिलाए ।

जितसँगै लाजियो १९ खेलबाट ३७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित मिलान ३८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय