प्रेम आचार्यको आत्मदाह घटनाले राज्य लज्जित भएको छ : कोइराला

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले इलामका प्रेमप्रसाद आचार्यको आत्मदाह घटनाले राज्य लज्जित भएको बताएका छन्।

नेता कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फत अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको सिर्जना गर्ने कि सत्ताको अंकगणित मै अल्झिरहने भनेर प्रश्नसमेत गरेका छन्।

युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारण खोजेर त्यस्तो परिस्थिति दोहोरिन दिनु नहुने कोइरालाको तर्क छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय