खानेपानी मन्त्री अब्दुल खानद्वारा पदभार ग्रहण

काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले आज पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्दै उहाँले केही नयाँ काम गर्नका लागि आफूले नचाहँदा नचाहँदै खानेपानी मन्त्रालय सम्हाल्न आइपुगेको बताउनुभयो । सरकार र पार्टीबीचको तारतम्य नमिलेर मन्त्रालय सम्हाल्न ढिलो भएको बताउँदै उहाँले प्रधानमन्त्री प्रचण्ड, खानेपानी मन्त्रालयका सचिव र एक सांसदको आग्रहमा आफू मन्त्रालय सम्हाल्न बाध्य भएको प्रष्ट पार्नुभयो ।

मन्त्रालयको विषयमा पटक पटक प्रधानमन्त्री प्रचण्डसँग छलफल भएको र उहाँको आग्रहमा आफुले मन्त्रालय सम्हालेको बताउनुभयो ।

खानेपानी मन्त्रालयका सचिवले पनि मन्त्रालयमा आउन पटक–पटक आग्रह गरेको उहाँले सुनाउनुभयो । उहाँले एक जना सांसदले पनि मन्त्रालय सम्हाल्न आग्रह गरेको जानकारी दिनुभयो । उहाँले यिनै तीन कारणले मन्त्रालय सम्हाल्न आएको समेत बताउनुभयो ।

आफू केही गर्ने वाचाका साथ मन्त्रालयका सम्हाल्न आएको भन्दै मन्त्री खानले अनुशासित र इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन पनि दिनुभयो । उहाँले एक घर, एक धाराको व्यवस्था, १० हजार लिटर पानी निशुल्क, लिफ्टबाट पानी दिँदा बिजुली निशुल्क गर्ने जस्ता कार्यक्रम सरकारले नीति तथा कार्यक्रममा राखेको बताउनुभयो ।

खानेपानी क्षेत्रमा देखिएको समस्या समाधान गर्ने गरि आफूले काम गर्ने बताउँदै उहाँले गुणस्तरीय पानीको परीक्षणका लागि एउटा इकाई बनाएर अस्पताल र विमानस्थल लगायतका विभिन्न सार्वजनिक ठाउँमा पानी परीक्षणको व्यवस्था मिलाउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर