गृहमन्त्रीको नागरिकता विवादबारे सुनुवाइ सुरु

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ। अन्तिम दिनको सुनुवाइका लागि सर्वोच्च अदालतले तोके बमोजिम आजको सुनुवाइ सुरु भएको हो।

सुनुवाइमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा रहेका छन्। आज गृहमन्त्री लामिछानेका कानून व्यवसायीहरुले बाँकी बहस गर्नेछन् भने त्यसपछि रिट निवेदकहरुले जवाफी बहस गर्न पालो पाउनेछन्।

लामिछानेले ०७२ सालमै नेपालको नागरिकता प्रयोग गरी पासपोर्ट लिए पनि अमेरिकाको नागकिरता भने ०७५ साल असार ६ गते मात्र त्यागेको विवरण पेस गरेका छन्। उनले नागरिकता परित्यागको प्रक्रिया थालेको विवरण सरकारी संयन्त्रलाई जानकारी गराए पनि परित्यागको प्रमाणपत्र लिइसकेको जानकारी नगराएको रिटकर्ता पक्षले जनाएको छ।

उनले नेपालको नागरिकता परित्याग गरिसकेपछि पुनः प्राप्तिका लागि आवश्यक प्रक्रिया पनि नअपनाएको कारण उनको सांसद पदको उमेदवारी नै खारेज गर्न माग गर्दै उजुरी परेको थियो। निर्वाचन आयोगले निर्वाचनको परिणाम आउँदासम्म निर्णय नगरेर परिणाम आएपछि त्यस विषयमा निर्णयका अधिकार संवैधानिक इजलासको भएको भन्दै पन्सिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय