भारतसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्ड विजयी

काठमाडौं । भारतसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्ड विजयी भएको छ ।

गएराति भएको खेलमा घरेलु टोली भारतलाई २१ रनले हराउँदै तीन खेलको टी–२० शृङ्खलामा न्युजिल्यान्डले १–० को अग्रता बनाएको छ ।

जितका लागि १ सय ७७ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो । त्यसअघि राँचीमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो ।

भारत र न्युजिल्यान्डबीचको दोस्रो खेल भोलि लखनउमा हुनेछ । यसअघि भएको एकदिवसीय शृङ्खला भारतले जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय