न्यूजिल्याण्डको सबैभन्दा ठूलो सहर अकल्यान्डमा आपतकाल घोषणा

एजेन्सी । लगातारको वर्षापछि आएको बाढीका कारण न्यूजिल्याण्डको सबैभन्दा ठूलो सहर अकल्यान्डमा आपतकाल घोषणा गरेको छ ।

बाढीका कारण सहरमा यातायात र विद्युत अवरुद्ध भएको छ ।

तिब्र गतिको बाढीले घरहरू समेत बगाउने सम्भावना बढेपछि आपतकाल घोषणा गरिएको हो ।

त्यहाँका राष्ट्रिय पूर्वानुमानकर्ताले हिउँदमा हुने वर्षाको ७५ प्रतिशत वर्षा पछिल्लो १५ घण्टाभित्रै भएको बताएका छन् । न्यूजील्याण्ड रक्षा बलले नागरिकलाई सुरक्षित स्थानमा सारिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय