मुख्य प्रशिक्षक नियुक्तीतत्कालै टुङ्गो नलाग्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले घरेलु मैदानमा हुने त्रिदेशीय एकदिवसीय श्रृङ्खलाका लागि खेलाडीहरूलाई बन्द प्रशिक्षणमा बोलाएको छ । तर मुख्य प्रशिक्षक नियुक्तीको प्रकृया भने तत्कालै टुङ्गो लाग्न नसक्ने देखिएको छ ।

फागुनको पहिलो हप्ताबाटै सुरु हुने महत्वपूर्ण प्रतियोगिता आउन दुई हप्ता मात्रै बाँकी छ । तर राष्ट्रिय क्रिकेट टोली अहिलेसम्म प्रशिक्षकविहिन छ ।

क्यानले मोन्टी देशाईलाई मुख्य प्रशिक्षकमा नियुक्ति गर्ने निर्णय गरेर राष्ट्रिय खेलकुद परिषद राखेपमा पठाएको छ । प्रशिक्षक नियुक्ती सम्बन्धी फाईल राखेपबाट मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पुगेर निर्णय भएपछि मात्रै देशाईको नियुक्तिले औपचारिकता पाउनेछ । तर राखेपले अझै फाईल मन्त्रालयमा नपठाउँदा अन्योल भएको हो ।

मनोज प्रभाकरले २९ मंसिरमा राजीनामा दिएपछि नेपाली क्रिकेट मुख्य प्रशिक्षक विहिन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय