नेपाली बजारमा आज सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं। नेपाली बजारमा आज आइतबार सुनको मूल्य वृद्धि भएको छ। शुक्रबार तोलामा १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार सामान्य बढेर १ लाख ६ हजार रुपैयाँ पुगेको हो।

यस्तै आइतबार तेजाबी सुनको मूल्य १ लाख ५ हजार ५०० छ भने चाँदीको मूल्य तोलामा १३६५ रुपैयाँ रहेको छ। यसअघि शुक्रबार चाँदी तोलामा १३८० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर