तिलकसिंह पेलाको ‘के लत बस्यो’लाई यूट्युबमा ३१ लाख बढीले हेरे (भिडियोसहित)

काठमाडौं । गायक तिलकसिंह पेलाको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै यूट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ । गायक पेलाको स्वर रहेको गजलको म्युजिक भिडियोलाई अहिलेसम्ममा ३१ लाख ५८ हजार पटक हेरिएको हो ।

१ लाख १७ हजारले ‘लाइक’ र झण्डै १४ हजारले गजलमाथि टिप्पणी गरेका छन् । गत पुस २८ गते गायक पेलाको आफ्नै यूट्युब च्यानलबाट गजल सार्वजनिक गरिएको थियो । राग मालकौंसमा आधारित सो गजलबाट गायक पेलाले छोटै अवधिमा श्रोता दर्शकको मन जित्न सफल भएका छन् ।

गायक पेलाकै संगीत रहेको गजललाई डा। प्रदीपकुमार मैनालीले लेखेका हुन् । गजलमा संगीत संयोजन रिदम कँडेलले गरेका छन् । शास्त्रीय संगीतका साधक पेलालाई लोकप्रियता दिलाएको गजलले यूट्युबमा भ्यूजसँगै प्रशंसा पनि उत्तिकै बटुलिरहेको छ ।

संगीतकर्मी, राजनीतिज्ञ, खेलाडीदेखि सार्वजनिक जीवनको उच्च ओहोदामा रहेका व्यक्तिले पनि सो गजललाई मन पराएर फेसबूक, टिकटिकजस्ता माध्यमबाट साझा गरिरहेका छन् । खँदिला शब्द, रागमा आधारित संगीत र पाको गायकीले गजलमा प्राण भरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय