एजेन्सी । टोटनह्याम एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । शनिबार राति प्रिस्टनलाई ३–० ले हराउँदै टोटनह्यामले पाँचौं चरणमा प्रवेश गरेको हो ।
खेलको ५० औं मिनेटमा सनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए । ६९ औं मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनह्यामलाई दोब्बर अग्रता दिलाए । त्यसपछि ८७ औं मिनेटमा डान्जुमाले गोल गर्दै टोटनह्यामलाई ३–० को जित दिलाए ।
शनिबार राति एफए कप फुटबलअन्तर्गत भएका अन्य खेलमा साउथह्याम्पटनले ब्लाकपुललाई २–१ ले, लेस्टर सिटीले वालसललाई १–० ले, लिड्स युनाईटेडले एक्रिङ्गटन स्टेनलीलाई ३–१ ले हराएर पाँचौं चरणमा स्थान बनाएका छन् ।