पोखरा। पोखरामा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्। पोखरा महानगरपालिका–१३ काहुँखोलमा भाडामा बस्दै आएका ४३ वर्षीय एक पुरुषले आइतबार बिहान आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन्।
उक्त घटना थाहा पाउने वित्तिकै घरबेटी एक महिलाले आगो निभाउन गएकी थिइन्। आगो निभाउन जाँदा उक्त महिला पनि घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइते दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।
प्रहरी इन्सपेक्टर सुवास तिमल्सिनाका अनुसार ती युवाले आत्मदाह प्रयास गर्नुका कारण भने अहिलेसम्म खुलेको छैन।

