काठमाडौं। गुल्मीमा एक महिला आफ्नै घरमा मृत भेटिएकी छन्। मुसिकोट नगरपालिका–७ वामीमा घरमा एक्लै बस्दै आएकी ५७ वर्षीया गंगादेवी शेरचनको घरमै शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटकाअनुसार मृतक शेरचनको घरलाई सिलबन्दी गरिएको र तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान अगाडि बढाउने तयारी छ ।घटनाको दृश्य हेर्दा घरको चेनगेट बन्द अवस्थामा रहेकोले हत्या गरिएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ ।
शेरचन आज बिहान घरबाट बाहिर ननिस्किएपछि छिमेकीले सोधखोज गर्दा उनको चेनगेट नजिकै हात र खुट्टा टेपले बाँधेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।शेरचनले विगत ४० वर्षदेखि गंगा होटल सञ्चालन गर्दै आएकी थिइन् ।

